बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट ,

काठमाडौँ – बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट हुने भएको हो ।

आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् । त्यस अनुसार २१ लाख ६८ हजार १०० जनाको मात्रै योग्य आवेदन परेको छ ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट भएको छ । त्यस अनुसार योग्य आवेदकहरु मध्ये गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले शेयर पाएका छन् ।

त्यस मध्येपनि भाग्यमानी तीन जनालाई बाँकि रहेको ३ कित्ता शेयर एक एक कित्ताको दरले वितरण गरिएको छ । त्यस अनुसार अधिकतम पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति