नेपाल श्रीलंका जस्तै हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो : अर्थमन्त्री शर्मा

काठमाडौँ — अर्थमन्त्री जनार्दश शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति जनाएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यसरी अफवाह फैलाउनु राष्ट्रघात भएको बताए ।

‘चुनावका लागि पैसा हुँदैन, वृद्धभत्ता दिन पैसा दिन पुग्दैन भनिएको छ । त्यस्तो कुनै समस्या छैन’ शर्माले भने, ‘सबै अफवाहरुलाई जोडेर श्रीलंका हुन्छ भनिएको छ । श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो ।’यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब राज्यले तलब र सामाजिक सुरक्षा भत्ता दिन नसक्ने भन्दै चेतावनी दिएका थिए । त्यस क्रममा ओलीले नेपाल पनि श्रीलंका जस्तै बन्न लागेको भन्दै सरकारको आलोचना गरेका थिए । ओलीको सोही अभिव्यक्तिलाई लक्षित गर्दै अर्थमन्त्री शर्माले त्यस्तो अवस्था नरहेको दाबी गरेका थिए ।

पत्रकार सम्मेलनमा शर्माले गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको छानबिन कानुनसम्मत नै भएको पनि बताएका थिए । ‘एक महिनाभित्र सबै कुरा बाहिर आउँछ । यो सामान्य कुरा हो ।’ यद्यपि यसबारे उनले विस्तृतमा बताएनन् । विज्ञहरूसहित विभिन्न पक्षबाट अर्थतन्त्र खस्किँदै गरेको र आर्थिक संकट उत्पन्न हुन सक्ने चेतावनी दिइरहँदा अर्थमन्त्री शर्माले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे प्रतिक्रिया दिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति