काठमाडौं, २८ चैत्र । काठमाडौंस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले शनिबार ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर0 स्थापना दिवस मनाएको छ।
आईसीसीआरका पूर्वविद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी आजादीको अमृत महोत्सवकै एक हिस्साको रुपमा नक्सालस्थित होटल मेरियटमा कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा। शशांक कोइराला, अभिनेत्री मनीषा कोइराला र नेपालका आईसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उक्त कार्यक्रमको उद्घाटन गरेकी थिइन्।
कार्यक्रममा नेपालबाट आईसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा। भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृतनिलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभव सुनाए।
अभिनेत्री कोइरालाले पनि कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिँदा बटुलेका अनुभव साटेकी छन्।
विश्वभर छरिएका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो। कार्यक्रममा केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
प्रतिक्रिया