भारतका चार राज्यमा साम्प्रदायिक झडप, एकजनाको मृत्‍यु

काठमाडौं, २८ चैत्र । छिमेकी मुलुक भारतका विभिन्न चार राज्यमा रामनवमीको अवसरमा निकालिएको र्यालीमा साम्प्रदायिक झडप भएको छ भने सोही कारण गुजरातमा एकजनाको मृत्‍यु भएको छ ।

गुजरातको खाम्बात शहरमा भएको झडपमा अन्दाजी ६५ वर्षी य वृद्धको मृत्‍यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । झडपका कारण खाम्बातका केही पसलहरुमा आगलागीसमेत भएको छ ।

यस्तै भारतको मध्यप्रदेशमा पनि साम्प्रदायिक झडप सुरु भएपछि हाल सेक्सन १४४ लागू गरिएको छ । गुजरात, मध्यप्रदेश सँगसँगै वेस्ट बेङ्गोल र झारखण्डमा पनि साम्प्रदायिक झडप भएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति