राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं, २८ चैत्र । राजस्थान रोयल्सले अन्तिम ओभरसम्म चलेको रोमाञ्चक खेलमा लखनउ सुपर जायन्ट्सलाई आइतबार तीन रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ ।

उसको चार खेलमा तेस्रो जितपछि छ अंक भएको छ ।वेस्ट इन्डिजका ब्याटर सिमरोन हेटमायरले ३६ बलमा ५९ रन बनाएपछि राजस्थानले छ विकेटमा १ सय ६५ रन बनाएको थियो ।

त्यस अगाडि टिम चार विकेट गुमाएर ६७ रनको कमजोर स्थितिमा थियो ।त्यसपछि फास्ट बलर ट्रेन्ट बोल्ट र लेग स्पिनर युजवेन्द्र चहलको घातक बलिङ अगाडि लखनउले आठ विकेटमा १ सय ६२ रन मात्र बनाउन सक्यो । उसका लागि मार्क स्टोइनसले १७ बलमा ३८ रन बनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति