सुनको मूल्यमा गिरावट , चाँदी भने स्थिर


काठमाडौं , २८ चैत । सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई सय रुपैयाँले घटेको छ ।


आइतबार प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एक लाख एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आइतबार ९९ हजार ८ सय रुपैयाँ रहेको तेजावी सुनको मूल्य सोमबार ९९ हजार ६ सय रुपैयाँ पुगेको थियो ।


यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६५ रुपैयाँ कायम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति