काठमाडौं, २८ चैत्र । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई स्थानीय तह निर्वाचनमा सहभागी गराउनका लागि निर्वाचन आयोगले भूमिका खेल्नुपर्ने सत्तारुढ दलका नेताहरूले आग्रह गरेका छन् ।
चन्द नेतृत्वका नेताहरू निर्वाचनमा सहभागी हुन पाउँ भनेर आयोगमा पुग्दासमेत आयोगका पदाधिकारीले सकरात्मक भूमिका नखेलेको भन्दै कांग्रेस र माओवादी केन्द्रका नेताहरूले असन्तुष्टि जनाएका छन् ।राष्ट्रिय सूचना आयोगले सोमबार आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाहु विषयक अन्तरक्रिया कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर र माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोगको आलोचना गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य महरले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले भूमिका खेल्नुपर्ने र त्यसका लागि स्थानीय तह निर्वाचनलाई रणनीतिको रूपमा उपयोग गर्ने निर्णय गरेको चन्द नेतृत्वको नेकपालाई चुनावमा ल्याउने भूमिका खेल्नुपर्ने बताए । निर्वाचन भयरहित, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्नुपर्छ,उनले भने, विप्लव नेतृत्व लगायतका दलहरूलाई पनि निर्वाचनमा ल्याउन भूमिका खेल्नु आवश्यक छ ।कांग्रेस केन्द्रीय सदस्य पोखरेलले निर्वाचनमा आउन पाउँ भन्ने दलका लागि आयोगले ढोका बन्द गरेको आरोप लगाए ।
उनले भने, निर्वाचनमा सहभागी हुन आउँछौं भन्नेलाई तँ नआइजा भन्ने निर्वाचन आयोगले रु यसरी ढोका बन्द गर्नु ठीक होइन ।निर्वाचन आयोगमा पुगेर नेकपाका नेता खड्गबहादुर विश्वकर्मालगायतले स्थानीय तह निर्वाचनमा सहभागी जनाउने संकेत गरेको तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्त तथा पदाधिकारीले अहिले समय नभएको भन्ने जवाफ दिएको उनको भनाइ छ ।
केही दिन पहिले विश्वकर्मा लगायतका नेताहरूले प्रमुख निर्वाचन आयुक्त लगायतलाई भेट गरेका थिए । निर्वाचनमा सहभागी गराउन समय तथा प्राविधिक रूपमा नसकिने जवाफ पाएको नेकपाले अब एमसीसी विरोधी दल तथा प्रतिनिधिलाई सहभागी गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया