भक्तपुर, २८ चैत्र । भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घाइते भएका छन् ।सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैँ-झगडा हुँदा घाइते भएका हुन् ।
जात्राको क्रममा राति पौने ९ बजेबाट ढुङ्गा हानाहान भएको थियो ।जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ ।
यो क्रममा राति झैँ(झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया