काठमाडौं, २८ चैत्र । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।
कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन ।
प्रतिक्रिया