काठमाडौं, २८ चैत्र । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुलमाथि शीर्ष स्थानमा एक अंकको झिनो अग्रता आइतबार पनि कायम राख्यो ।
इतिहाडमा भएको खेलमा सिटी र लिभरपुलले रोमाञ्चक २–२ को बराबरी खेले ।खेलको पाँचौं मिनेटमै केभिन डे ब्रुएनाको गोलले लिग च्याम्पियन सिटीले अग्रता लिएको थियो, तर त्यसको आठौं मिनेटमा डिएगो जोटाले लिभरपुलका लागि बराबरी गोल फर्काए ।ग्याब्रिएल जेससले सिटीलाई दोस्रो पल्ट अग्रता दिलाए पनि आफ्नो ३० औं जन्मदिन मनाइरहेका साडियो मानले गोल गर्दै खेल दोस्रो पल्ट बराबरीमा ल्याए ।
रहिद स्टर्लिङले सिटीका लागि तेस्रो गोल गरे पनि भारले त्यसलाई मान्यता दिएन् ।यो नतिजाले लिगमा लिभरपुलको लगातार १० खेलका जित क्रममा पूर्ण विराम लागेको छ । सिजनमा सात खेल मात्र बाँकी रहेको बेला लिग उपाधि होड अझै खुल्ला रहेको छ ।
प्रतिक्रिया