झापडका लागि विल स्मिथमाथि ओस्करबाट १० वर्षको प्रतिबन्ध

काठमाडाै, २६ चैत । ओस्कर समारोहमा हास्य कलाकार क्रिश रकलाई गालामा थप्पड हानेका अभिनेता विल स्मिथलाई ओस्कर र एकेडेमीका कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाइएको छ।

स्मिथले उनको कदमका लागि माफी माग्दै एकेडेमीबाट राजीनामा दिएका थिए। एलोपेसिया रोगका कारण कपाल खस्ने समस्या भएपछि कपाल खौरिएकी आफ्नी श्रीमतीप्रति रकले टिप्पणी गरेपछि अभिनेता स्मिथले उनलाई थप्पड हानेका थिए।
त्यसको आधा घण्टा भन्दा बढी समयपछि अभिनेता स्मिथलाई “किङ रिचर्ड” चलचित्रका लागि उत्कृष्ट अभिनेता पुरस्कार दिइएको थियो। उक्त चलचित्रमा उनले ख्यातिप्राप्त टेनिस खेलाडीहरू सेरेना र भीनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका थिए। शुक्रवार बसेको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सको भर्चुअल बैठकले अनुशासनको कारबाहीबारे निर्णय लिएको हो। आफ्नो विज्ञप्तिमा उक्त निकायले प्रस्तोता तथा आमन्त्रितहरूको रक्षा गर्न र एकेडेमीप्रतिको भरोसा जगेर्ना गर्नु स्मिथमाथि प्रतिबन्ध लगाइएको जनाएको छ। एकेडेमीले झापड हानिएको समयमा आफूले पर्याप्त ढङ्गले उक्त समारोहमा उत्पन्न अवस्थाको सम्बोधन गर्न नसकेको भन्दै त्यस्तो अभूतपूर्व परिस्थितिका लागि तयार नरहेको उल्लेख गरेको छ। त्यसका लागि उसले माफी मागेको छ। ओस्कर्सस् विल स्मिथले आफ्नो व्यवहार अस्वीकार्य र अक्षम्यु भएको भन्दै माफी मागे एकेडेमीले असाधारण परिस्थितिमा पनि संयम देखाएकोमा रकलाई धन्यवाद दिएको छ।

आफ्नो राजीनामा सम्बोधनमा स्मीथले आफूले एकेडेमीको भरोसालाई धवका दिएको बताउँदै आफ्नो कदमका लागि पश्चात्ताप रहेको बताएका थिए। उनले आफ्नो कदमका लागि चालिने जुनसुकै कदम र परिणामप्रति सम्मान जनाउने उल्लेख गरेका थिए। उनको राजीनामाको अर्थ भविष्यमा उनले ओस्करका लागि मतदान गर्न पाउने छैनन्। उक्त घटनाको समीक्षाका लागि एकेडेमीले १८ एप्रिलमा बैठक डाकेको भएपनि स्मिथले राजीनामा दिएपछि त्यसलाई तीव्र बनाइएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति