असोजमा ५ वर्ष पूरा हुनेहरूको संवैधानिक अधिकार हरण भएको छ : अध्यक्ष नेपाल

काठमाडौँ, २६ चैत्र । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २०७९ साल असोजमा ५ वर्ष पूरा हुने जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हरण भएको बताएका छन् ।

तर अहिलेका लागि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । संविधानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको तर निर्वाचन आयोगले असोजमममा ५ वर्ष कार्यकाल पूरा हुनेहरूको भावनाको विपरीत चुनाव मिति घोषणा गरेको कुरा उठेको भन्ने प्रश्न आइरहेको भए पनि वैशाख ३० गतेको तयारीमा जुट्न उनले भनेका हुन् ।पार्टीको दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगले गरेको मिति घोषणाप्रति असन्तुष्टि रहेको बताए । ुसमस्या त छ, जेठको ५ गते पहिलो चुनाव भएको थियो ।

असार र असोजमा चुनाव भएको थियो ।असोजमा निर्वाचित भएकाको ५ वर्ष पुगेको छैन, उनले भने, ५ वर्ष नपुगेकाहरूको भावनाको विपक्षमा निर्णय गरेको छ भन्ने कुरा उठिरहेको छ । भोलि जे होला होला अहिले तयारीमा जुटौं । अहिले वैशाख ३० गतेकै तयारीमा जुटौं । मान्छेले ुके हुन्छ, के हुन्छ रुु भनेर सोधिरहेका छन् । जे हुन्छ हुन्छ, अहिले वैशाख ३० गतेको तयारीमा जुटौं । जननिर्वाचितहरूको संवैधानिक अधिकारको हरण भएको नेपालको भनाइ थियो । उनले निर्वाचन आयोगले वैशाखमा नै निर्वाचन घोषणा भएकोप्रति इंगित गर्दै भने, असोजमा ५ वर्ष पूरा हुनेहरूको प्रश्नको जवाफ कसले दिने ? उहाँहरूको संवैधानिक अधिकारको हरण भएको छ । यो चुनाव असोज महिनामा ५ वर्ष पुग्नेहरूको भावनाको विपरीत छ । नेपालले पार्टीमा आकर्षण बढिरहेको पनि दाबी गरे । उनले पछिल्लो समय कानुन व्यवसायी, चार्टर्ड अकाउन्टेन्ट, बैद्धिक समुदायका व्यक्तिहरू एकीकृत समाजवादीमा समाहित भइरहेको बताए । चुनावको बेला भएकाले अझै पार्टी कार्यकर्ता सक्रिय हुनुपर्ने उनको निर्देशन थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति