देशको अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरलाई निलम्बन गरियो : अध्यक्ष ओली

काठमाडौँ, २६ चैत्र । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको बताएका हुन् ।अर्थमन्त्री जनार्दन शर्माप्रति इंगित गर्दै उनले ुधान खाने मुसो, चोट पाउने भ्यागुतोु भएको बताए ।

उनले भने, थुतुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गरियो ।त्यस्तै गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको ओलीले आरोप लगाए ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।पूर्वन्यायाधीश भण्डारीलाई माओवादीनिकटको संज्ञा दिँदै ओलीले भने, देशको अर्थतन्त्र जोगाउन खोज्ने अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो ।

माओवादीनिकट भनेर चिनिएका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाइयो ।त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका घाइतेहरूलाई अनादर गर्दै आफ्नै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएको समेत ओलीले आरोप लगाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति