सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफलः डा. कोइराला

काठमाडौं, २५ चैत । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भएको बताएका छन् ।

राष्ट्रिय योजना आयोगले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशाका बारेमा गरेको छलफल कार्यक्रममा डा। कोइरालाले स्वास्थ्य संरचनाबाट प्रदान हुने सेवाको गुणस्तर अपेक्षा गरेको र अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै तल रहेको बताए । ‘सरकारी स्वास्थ्य प्रदाय संस्थाबाट गुणस्तरीय सेवा दिन नसक्नुमा हामी सबै जिम्मेवार छौं’, उनले भने, ‘जसमा चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापकीय टिम सबै दोषी छन् । जसलाई सुधार गर्न जरूरी छ ।’ ऐन, नियम बुझेको तथा व्यवस्थापकिय तालिम लिएका व्यक्तिलाई मात्रै नेतृत्वको नियुक्त गर्दा अस्पतालको सेवा सुधार गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोसन पोखरेलले देश संघीयताको मोडलमा गएपछि स्वास्थ्यमा क्षेत्रमा सुधारको गति लिन थाले पनि अझै केन्द्रबाट तल्लो तहमा अधिकार दिन नसकेको बताए । डा. पोखरेललले भने, ‘हामी केन्द्र, प्रदेश तथा स्थानीय मोडमा गएका छौं । अझै पनि छाती खोलेर स्थानीय तहलाई अधिकार दिन सकेका छैनौं । यो संकुचित भावनाबाट बाहिर निस्कनुपर्छ ।’

हाल स्थानीय तहमा ५, १०, १५ बेडको अस्पताल निमार्ण भइरहेका छन् । तर, त्यो निर्णय केन्द्रले नै गर्दा गल्ती भएको पोखरेलको भनाइ छ । ‘कुनै स्थानीय तहले आवश्यकता अनुसार ५० बेडको अस्पताल बनाउन सक्छ । त्यो अधिकार केन्द्रले खोसेको छ’, उनले भने । डा। पोखरेलले अझै पनि केन्द्र, प्रदेश र स्थानीय तहको समवन्यको काम राम्रो सँग हुन नसकिएको बताए । सरकारले अस्पतालको संरचना बनाउने निर्णय गरे पनि जनशक्ति बिना सेवा प्रवाह गर्न नसकिने बताए । ‘हामीले ७५३ पालिकामा वटा अस्पताल बनाउने घोषणा गयौं । तर, जनशक्ति व्यवस्थापनको कुनै योजना छैन’, उनले भने, ‘जनशक्ति बिना नै अस्पताल बनाएर मात्रै सेवा कसरी प्रवाह हुन्छ ?,’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board