मालिकामा गठबन्धनले बनायो माओवादीका अर्याललाई अध्यक्ष उम्मेदवार, कांग्रेसले पायो उपाध्यक्ष

बुटवल, चैत । आगामी स्थानीय तहको निर्वाचनको लागि सत्तारूढ पाँच दलीय गठबन्धनबाट गुल्मीको मालिका गाउँपालिकामा उम्मेदवारी घोषणा गरिएको छ। पाँच दलीय गठबन्धनले मालिका गाउँपालिकामा साझा उम्मेदवार घोषणा गरेको हो।

मंगलबार गाउँपालिकाको वडा नं। ४ ठूलिचौरमा आयोजित चुनावी घोषणा सभामा गठबन्धनले गाउँपालिका अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का देविराम अर्याललाई उम्मेदवार घोषणा गरिएको हो। अर्याल माओवादी केन्द्रका गाउँपालिका अध्यक्षसमेत हुन्। अर्याल यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा उठेर पराजित भएका थिए। गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा चुनावी घोषणा सभा गरी आफूलाई साझा उम्मेदवार घोषणा गरेको अर्यालले बताए। माओवादीबाट अर्याललाई अध्यक्षमा अगाडि सारिएपछि गाउँपालिका उपाध्यक्ष भने नेपाली कांग्रेसको भागमा परेको छ। उपाध्यक्षको लागि कांग्रेसका पालिका उपसभापति दीपक भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर घर्ती, पालिका सभापति उपेन्द्र अर्यालसमेत आकांक्षी बनेपछि कांग्रेसले उपाध्यक्षको नाम टुंगो लगाउन सकेको छैन्। आठ वडा रहेको मालिका गाउँपालिकामा माओवादी केन्द्रलाई पालिका अध्यक्षसहित दुई वडाअध्यक्ष भाग परेको अर्यालले बताए। त्यस्तै नेपाली कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडा परेका छन्। माओवादी केन्द्रको भागमा परेका दुई वटा वडामा वडा नम्बर ३ मा पार्टीका प्रदेश कमिटी सदस्यसमेत रहेका अर्जुन बुढा मगर र वडा नम्बर ८ मा पार्टीका गाउँ कमिटी सचिव सूर्यबहादुर जिसीलाई वडाध्यक्ष बनाउने तयारी गरेको छ। उपाध्यक्षको नाम टुंगो नलगाएजस्तै नेपाली कांग्रेसले वडाध्यक्ष उम्मेदवार पनि टुंगो लगाउन सकेको छैन। गाउँ कमिटी सभापति उपेन्द्र अर्यालले उपाध्यक्ष र वडाध्यक्षको नामसमेत केही दिनमै टुंगो लगाउने बताए।

मालिका गाउँपालिकामा गठबन्धनमा सहभागी नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति कमजोर रहेकोले ती दलका उम्मेदवार नउठाउने गठबन्धनले निर्णय गरेको अध्यक्षका उम्मेदवार अर्यालले बताए। अर्यालले एकीकृत समाजवादीलाई केही वडा सदस्य दिने गठबन्धनको निर्णय भएको बताए। गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रितबहादुर थापा गाउँपालिका अध्यक्षमा विजयी भए पनि यसपटक गठबन्धन दलको मत एकै ठाउँमा जाने भएकोले आफ्नो जित सुनिश्चित भएको अर्यालले बताए। गत निर्वाचनमा थापा चार हजार ४२ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले तीन हजार ४ सय ४७ र नेकपा माओवादी केन्द्रका अर्यालले दुई हजार ४० मत पाएका थिए। ‘गत निर्वाचनको मतलाई हेर्दा अहिले एमालेभन्दा गठबन्धनको पक्षमा पन्ध्र सयदेखि २ हजार मत धेरै छन्, यसरी हेर्दा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित जस्तै छ,’ अर्यालले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति