महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्यः लोसपा

काठमाडौं, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ ।

स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए । उनका अनुसार प्रारम्भिक परीक्षणमा ठाकुरको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । ‘उपचारमा संलग्न चिकित्सकले दिएको जानकारी अनुसार अध्यक्षज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ झाले भने । पार्टीको कार्यक्रममा भैरहवामा हुँदा समान्य ज्वरो, पखाला तथा डिहाइड्रेशनसमेत देखिएकोले हेलिकप्टरबाट मेडिसिटी अस्पतालमा ल्याएर उपचार भइरहेको उनले बताए । गम्भीर समस्या नदेखिएको भन्दै झाले भने, चिकित्सकहरूको ब्रिफिङअनुसार प्राराम्भिक जाँचमा स्वास्थ्य अवस्था सामान्य रहेको र गम्भीर समस्या केही देखिएको छैन ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति