ज्योति खतिवडाको त्याग सार्वजनिक

काठमाडौं, २१ चैत्र । ज्योति खतिवडाको सन्देश मुलक गीत त्याग सार्वजनिक भएको छ । गत शनिबार राष्ट्रिय नाचघर जमलमा, चित्रपुर अभिभावक स्वावलम्बन समुहले आयोजना गरेको मस्तिष्क पक्षाघात तथा अन्य अपाङगता भएका बालबालिकाको दिवा कक्षा संचालनका लागि सहयोगार्थ च्यारीटि शो मा उक्त गीत लोकार्पण गरी सार्जवनिक गरिएको हो । अपाड्गता भएका बालबालिकाको संरक्षकको कष्टकर जीवन भोगाई, संघर्ष र त्याग देखाईएको उक्त गीतले संरक्षकहरुलाई उत्प्रेरणा दिने पनि सर्जक ज्योति खतिवडाले बताईन ।

गीतमा ज्योतिको आफ्नै शब्द र आवाज रहेको छ भने विनय कार्कीको संगीत रहेको छ । उक्त गीतको छायांकन विनोद श्रेष्ठले गरेका हुन भने सुनिल श्रेष्ठले भिडियो सम्पादन गरेका छन ।

आफ्नै छोरा अर्वाचिन अधिकारीका साथ प्रस्तुत भएकी खतिवडाले यस भिडियोको निर्देशन पनि आफैँ गरेकी हुन । आफैं एक संरक्षक भएको हुँदा आफना जीवनकथालाई भिडियोमा उतार्न सजिलो भएको पनि उनले बताईन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति