राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्दै

काठमाडौँ, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काष्ठमण्डपको उद्घाटन गर्दै छिन्। पुनर्निर्माण सुरु भएको ३ वर्ष ८ महिनापछि निर्माण सकिएको हो।

दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको २०७५ देखि पुनर्निर्माण सुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको पुनर्निर्माण समितिले जनाएको छ ।काष्ठमण्डप पुनर्निर्माण गर्न विभिन्न ६ जिल्लाबाट ल्याइएका काठहरू प्रयोग गरिएको छ। अब एउटै काठले बनेको भन्ने किंवदन्ती हटेको छ ।

पुरातात्त्विक महत्त्वको काष्ठमण्डप काठै काठले बनेको थियो ।भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौं शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको सो सम्पदाको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्त्व विभागको टोलीले गरेको पुरातात्त्विक अनुसन्धानले पनि औँल्याएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति