चैत २७ गते तोकियो नेपालसहित १४ सांसदविरुद्ध ओली मुद्दाको पेसी

काठमाडौँ, २० चैत्र । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेको र त्यसलाई वैधानितकता दिएको विरुद्धमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनको पेसी २७ गतेका लागि तोकिएको छ ।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसहितका १४ जना सांसदविरुद्ध ओलीले दायर गरेको मुद्दाको पेसी संयुक्त इजलासमा आइतबार तोकिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ हुन सकेन । न्यायाधीश सुवेदीले एकीकृत समाजवादीमा रहेका सोमप्रसाद पाण्डे सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र ओलीले दायर गरेको मुद्दामा पनि पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए । ओलीले दायर गरेको मुद्दा सुनुवाइका लागि चैत २७ गते पेस गर्न न्यायाधीश सिन्हा र सुवेदीको इजलासले आदेश जारी गरेको छ । ‘प्रस्तुत मुद्दा इजलासबाट सुनुवाइको मिति तोकि आज पेसी हुन आएको देखिँदा अर्को सुनुवाइको लागि मिति २०७८ चैत २७ गते को पेसी तोकिएको छ’ आदेशमा भनिएको छ । ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाइ सार्नका लागि अघि सारेको निवेदनलाई इजलासले अस्वीकार गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति