क्रिकेटर ऐरीको काँधको शल्यक्रिया, निको हुन छ हप्ता लाग्ने

काठमाण्डौ, २० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमलसिंह ऐरीको काँधको शल्यक्रिया गरिएको छ । कलङ्कीको नेपाल नेशनल अस्पतालमा आज आइतवार बिहान कमलको शल्यक्रिया भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

कमलको काँधको हड्डीमा लागेको चोट निको हुुन ६ हप्ता लाग्ने उपचारमा संलग्न डाक्टर निरज केसी र निराजन सुवेदीले बताउनुभएको क्यानले जानकारी दिएको छ । त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत हिजो शनिवार मलेसियासँगको खेलका क्रममा कमलसिंह ऐरीलाई बलले काँधमा लागेको थियो । शृङ्खलामा नेपालले पपुवा न्युगिनी र मलेसियासँग भएका चार वटै खेल जितेको छ । यसैबीच त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा भोलि सोमवार नेपालले मलेसियासँग खेल्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति