पहिलो खेल फिफा विश्वकपमा नेदरल्याण्ड्स र सेनेगलबीच हुने


काठमाडौं , १९ चैत । आगामी नोभेम्बर / डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने भएको छ ।


कतारको अल थुमाम स्टेडियममा २१ नोभेम्बरका दिन समूह एमा रहेका यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । खेल कतारको समय अनुसार साँझ ६ बजे हुनेछ । पहिलो दिन ४ खेल हुनेछन् । आयोजक कतार र इक्वेटरबीच उद्घाटन खेलका रुपमा हुनेछ । इंग्ल्याण्ड र इरान तथा अमेरिकासँग प्लेअफबाट आउने युक्रेन, वेल्स र स्कटल्याण्डमध्ये एक टिमबीचको खेल पनि पहिलो दिन नै हुने छ ।


फिफा विश्वकपमा सामान्यतया पहिलो दिन उद्घाटन खेल हुने प्रचलन भए पनि यसपटक पहिलो दिन नै चारवटा खेल हुने भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board