अन्तरमहादेशीय मिसाइल परीक्षण अमेरिकाद्वारा रद्द


काठमाडौं , १९ चैत । यसअघि स्थगित भएको अन्तरमहादेशीय मिसाइल (आईसीबीएम)को परीक्षण अमेरिकाले रद्द गर्ने निर्णय गरेको छ ।


अमेरिकाले १० हजार किलोमिटरको दुरीमा प्रहार गर्न सक्ने मिसाइल परीक्षण रद्द गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मिनुटेमन तेस्रो आईसीबीएम आणविक हतियार प्रहार गर्न सक्ने अमेरिकी सेनाको निकै महत्वपूर्ण हतियारमध्येको एक हो । उक्त मिसाइल परीक्षणको तयारी यसअघि मार्च २ मा नै गरिएको भएतापनि उक्त परीक्षण स्थगित भएको थियो ।


रुसले आफ्नो सेनाको आणविक हतियार एकाइलाई अलर्टमा रहन निर्देशन दिएसँगै अमेरिकाले आईसीबीएम परीक्षणको तयारी गरेको थियो तर यसले आगामी दिनमा युद्धको जोखिम निम्त्याउन सक्ने भन्दै जानकारहरुले आशंका व्यक्त गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board