देशव्यापी संकटकाल घोषणा भयो श्रीलंकामा


काठमाडौं , १९ चैत । श्रीलंकामा राषट्रव्यापी संकटकाल घोषणा गरिएको छ ।


गत बिहीबार आन्दोलनकारीले राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै प्रदर्शन गरेका थिए । केही प्रदर्शनकारी शुक्रबार पक्राउ परेका छन् । अभाव सिर्जना भएसँगै श्रीलंकामा हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए । हिंसात्मक आन्दोलनसमेत सुरु भएकोले हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न भनिएको छ । श्रीलंकामा चरम विदेश मुद्रा अभावले गर्दा महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो ।


श्रीलंका अहिले ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ भने इन्धनको , अत्यावश्यक खानेकुरा र औषधिको पनि अभाव छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board