कतार , १८ चैत्र । शुक्रबार कतारमा फिफा विश्वकप २०२२ को ड्र हुँदै छ ।
कतारको दोहामा विश्वकपको ड्र आयोजना हुनेछ । ३२ राष्ट्र सहभागी हुने विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित २९ देश छनोट भइसकेका छन् भने अब ३ देश छनोट हुन बाँकी छन् । विश्वकपमा सहभागी हुने ३२ देशलाई ४ वटा पटमा राखिनेछ । पट १ मा आयोजक कतारसँगै वरियताको सातौँ स्थानसम्म रहने टोली हुनेछन् । पट दुई मा आठौँ वरीयतादेखि १५ सम्म र १६ देखि २३ औँ वरीयतासम्मका टोली साथै पट ३ मा रहनेछन् । पट ४ मा २४ देखि २८ सम्मका टोली र अन्तरमहादेशीय छनोट र युईएफएका प्लेअफका टोली हुनेछन् ।
कतार विश्वकप २१ नोभेम्बर २०२२ देखि डिसेम्बर १८ सम्म हुनेछ ।
प्रतिक्रिया