५९ हजार ६२४ मतदाता पर्सामा थपिए


पर्सा , १८ चैत । आगामी स्थानीय तहको निर्वाचनका लागि पर्सा जिल्लामा कूल तीन लाख ३९ हजार ८३६ मतदाता पुगेका छन् ।


जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरेर उक्त सङ्ख्याका मतदाता पुगेको निर्वाचन आयोगले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा दुई लाख ८० हजार २१२ मतदाता भएकामा यसपटक ५९ हजार ६२४ मतदाता थपिएका हुन् । सबैभन्दा बढी मतदाता सदरमुकाम वीरगञ्ज महानगरपालिकामा एक लाख २४ हजार ६४७ छन् । गत स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका हुन् । सबैभन्दा कम मतदाता धोविनी गाउँपालिका छ । त्यहाँ केवल १२ हजार २३६ मतदाता छन् ।


निर्वाचन आयोग अनुसार स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति