युवकलाई म्यादी प्रहरीमा लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरियो


सप्तरी , १७ चैत । म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।


म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारी रकम लिने महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डललाई पक्राउ गरिएको हो । उनले ठगी गर्ने गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।


पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति