प्रचण्डले भने – माओवादीले संकट मोचन गर्छ

काठमाडौं, १७ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले देशको संकट मोचन गर्ने भए पनि त्यसलाई स्वीकार्न नसक्ने अवस्था रहेको बताएका छन् । काठमार्डौमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले विगतमा पनि देशलाई अप्ठ्यारो परेको बेला म्हालेको भन्दै फेरि पनि सम्हाल्ने बताए ।

उनले नेपालको आर्थिक स्थिति श्रीलंकाको जस्तै स्थितिमा पुगेको भन्ने सुनिन आएको तर हाम्रो स्थिति सम्हाल्न सक्ने अवस्थामा नै रहेको बताए । उनले हाम्रो स्थिति श्रीलंकाको स्थितिमा नपुग्ने बताए ।‘भोलि अप्ठेरो स्थिति आउन सक्छ ।

तर, अहिलेको समस्या समाधानका लागि पहल सुरू भइरहेको छ,’ उनले भने, ‘गठवन्धनको नेताको हैसियतले भन्नुपर्दा यो स्थितिलाई हामी सम्हाल्नेछौं ।’उनले यसबारेमा आफूले अर्थशास्त्रीसँग छलफल गरिरहेको जानकारी पनि दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति