भारतीय पत्रकार अय्यूबलाई देश छोड्न प्रतिबन्ध

नयाँदिल्ली — भारतीय पत्रकार एवं अभियन्ता राना अय्यूबलाई भारत सरकारले देश छाड्न प्रतिबन्ध लगाएको छ । बेलायतमा आयोजित पत्रकार सम्बन्धी एक कार्यक्रममा सम्बोधन गर्न प्रस्थान गर्ने क्रममा उनलाई विमानस्थलबाटै फिर्ता ल्याइएको हो ।

राना अय्यूब लण्डनपछि इटाली लगायतका देशमा पुगेर सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर अय्यूबलाई भारत सरकारले विदेश प्रस्थान गर्नबाट रोकेको हो । अय्यूबले मुम्बई अध्यागमनबाटै आफूलाई अधिकारीहरूले उडानबाट रोकेको बताएकी छन् । अय्यूबले विमानस्थल पुगेको एक घण्टापछि आर्थिक अपराध सम्बन्धी अनुसन्धान गर्नका लागि भन्दै अपराध अनुसन्धान निकायबाट इमेल पाएको समेत बताएकी छन् ।

वासिङटन पोस्टकी स्तम्भकार समेत रहेकी ३७ वर्षीया अय्यूबमाथि भारतको संघीय सरकारले अनुसन्धान गरिरहेको छ । मलाई घर फर्कन भनियोु अय्यूबले भनेकी छन्, मैले अवार्ड पाउने र गार्जियन पत्रिकाको न्यूजरूमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । मेरो सम्पूर्ण योजना सार्वजनिक भएका छन् ।

प्रखर वक्ताको रुपमा पनि चिनिने पत्रकार अय्यूब नरेन्द्र मोदी नेतृत्वको सरकारको कट्टर आलोचक पनि हुन् । मुस्लिम एवं अल्पसंख्यकका मुद्दालाई उठाउने अय्यूबले यसअघि पनि भारतमा पटक पटक हिन्दू कट्टरपन्थीहरूबाट धम्की र विरोधको सामना गर्नु परेको छ । केही महिनाअघि उनीमाथि हिन्दू कट्टरपन्थीहरूबाट धम्की आएको विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विरोध समेत गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board