देशका धेरैजसो ठाउँको मौसम धुम्म, एक्यूआई एक सय ६८ पुग्याे

काठमाण्डौ, १६ चैत । काठमाण्डौ उपत्यकामा केही दिनदेखि धुलो र प्रदूषणले आकाश ढाकिँदा मौसम खुल्न सकेको छैन ।

गर्मी बढेसँगै धेरै हावा नचलेको र वायुमण्डलमा भएको धुलोका कणहरू सतहमा झार्ने गरी पानी पनि नपरेका कारण उपत्यका धुलो र प्रदूषणले ढाकिएको वातावरण विभागले जनाएको छ । अहिले उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६८ पुगेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थकर मानिन्छ । वायुमण्डल नै प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । हावामा हुने दुई दशमलव पाँच माइक्रोनभन्दा साना धुलोका कणले मानिसको स्वास्थ्यलाई धेरै असर गर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावामा यस्तो कण प्रतिक्युबिक मिटरमा पाँच माइक्रोग्राम हुनुपर्छ । तर अहिले काठमाण्डौ उपत्यकामा त्यसको झन्डै १३ गुणा धेरै अर्थात् प्रतिक्युबिक मिटरमा ६४ दशमलव आठ माइक्रोग्राम रहेको छ । अहिले काठमाण्डौ उपत्यकाको वायुमण्लमा देखिएको धुलो हटाउन कि जोडले हावा चल्नुपर्ने कि ठूलो पानी पर्नुपर्ने वातावरणविदहरू बताउँछन् । तर धुलो झार्ने गरी ठूलो पानी पर्ने सम्भावना तत्काल नदेखिएको मौसमविद्ले बताएका छन् । बेलुकीपख फाट्टफुट्ट पानी परे पनि प्रदूषण कम गराउने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् बिष्णु घिमिरेले जानकारी दिए । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो सहरी क्षेत्रको मौसम धुम्म रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति