गठबन्धन सजिलो छैन, लोभी पापीहरुको गठबन्धन कति गाह्रो होलाः ओली

काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुलाई लोभी पापी भन्दै उनीहरुबीच गठबन्धन गर्न सहज नभएको टिप्पणी गरेका हुन् ।

‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन, लोभी पापीहरुको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त’ भक्तपुरमा तरकारी बजारको उद्घाटन गर्दै उनले भने, ‘एकै दिन निर्वाचन आयोगले उम्मेदवारी दर्तै गर्न सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ मनोनयन दर्ता पनि ।’ एमाले अध्यक्ष ओलीले यसपल्ट उम्मेदवारी दर्ताका बेला गठबन्धनमा झगडा हुन्छ, कुरा मिल्दैन निर्वाचन आयोगलाई मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको जिकिर गरे । ‘एक हप्ता राखे पनि के हुन्छ र मनोनयन नै हुने होला’ ओलीले भने । उनले नेपालमा एमालेसँग प्रतिस्पर्धा गर्ने दल कुनै नरहेको भन्दै गठबन्धन गरे पनि आफूहरुले चुनाव जित्ने दावी गरे । ‘एमाले क्वीन्टलको ढक हो । पाँचवटा दल भनेका एक एक किलोको ढक जस्ता हुन् । एक्लै एमालेसँग लड्न आउन अबको नेपालमा कुनै पार्टीले नचिताए हुन्छ’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति