काठमाडौं , १६ चैत्र । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ ।
मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै छापावाल सुनको भाउ ९८ हजार ८ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन ९८ हजार ३ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको थियो।
प्रतिक्रिया