काठमाडौं , १६ चैत्र । नेपाल पत्रकार महासंघले आज आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसमा महासंघको केन्द्र, प्रदेश तथा जिल्ला समितिहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । महासंघ केन्द्रिय समितीको आयोजनामा काठमाडौंको सिनामंगल चोकदेखि केन्द्रिय कार्यालय सञ्चारग्रामसम्म प्रभातफेरी गरिएको छ।
त्यसैगरी महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर सन्चालन हुँदैछ । शिविरमा मृगौला र दन्त परीक्षण तथा रक्तदान कार्यक्रम हुनेछन्। यसैबीच स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विपुल पोख्रेलले महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका लागि भूमिका खेल्दै आएको बताएका छन्।
महासंघले राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको साथै प्रेस स्वतन्त्रता र श्रमजिविको सवाललाई केन्द्रविन्दुमा राखेर काम गर्ने महासंघले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।
पत्रकार महासंघ ६७ औं स्थापना दिवस मनाउँदै
प्रतिक्रिया