ओलीको कटाक्ष- केही साथी फाइल खोज्न दिल्ली जाँदैछन् रे !

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर कटाक्ष गरेका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको १० तले भ्यू टावरको मंगलरबार उद्घाटनका क्रममा ओलीले देउवामाथि कटाक्ष गरेका हुन्। उनले भूमिहीनहरुलाई आफ्नो सरकारले लालपूर्व बाँड्न लागि सबै तयारी गरिसकेको अवस्थामा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भूमि आयोग नै खारेज गरदिएको बताए। आयोग नै खारेज गरिदिएको गठबन्धन सरकारले अहिले उल्टै त्यससम्बन्धी फाइल लुकाएको आरोप आफूहरुलाई लगाइएकोमा ओलीले आपत्ति जनाए। ‘भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा दिने अन्तिम तयारी भइरहेका बेला गठबन्धन सरकारले आयोग नै खारेज गरिदियो, कामै रोकियो’, ओलीले भने,’तर अहिले उनीहरु नै अघिल्लो (एमाले नेतृत्वको) सरकारले फाइल लुकायो भन्दैछन्।’ ओलीले प्रधानमन्त्री देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणमाथि कटाक्ष गर्दै हराएको त्यही फाइल खोज्न जान लागेको पनि उल्लेख गरे। ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने खबर सुनेको छु,’ उनले भने, ‘चुनावका बेला त्यस्ता झुटा कुरा लिएर घर घरमा आउलान्, तपाईं मतदाताहरुले ख्याल गर्नुहोला नत्र झुक्याउँछन्।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति