संघिय सांसद तथा प्रदेश सदस्य सहित एमालेमा प्रवेश

काठमाडाै, १५ चैत । कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत सभा तथा पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद वृजेश कुमार गुप्ता , लुम्बिनी प्रदेश सभा सदस्य धर्म वहादुरलाल श्रीवास्तव नेकपा एमाले प्रवेश गरेका छन् ।

स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नं २ बाट गुप्ता , २ क बाट श्रीवास्तव निर्वाचित भएका थिए । साथै गुप्ताका हजारौँ समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । उनीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका छन् । यस्तै कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नं ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गरेका छन् । सांसद गुप्ता ७ हजार कार्यकता सहित प्रवेश गर्नु भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताए । यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गर्नु भएको शर्मा ले जानकारी दिएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति