‘आरआरआर’ प्रदर्शनपछि राजामौलीसँग रुष्ट आलिया

काठमाडौ, १५ चैत । चर्चित फिल्म ‘आरआरआर’ ले सप्ताहकाे अन्त्यमा पाँच सय कराेड वल्डवाइड कमाइ गरिसक्दा बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले निर्देशक एसएस राजामौलीसँग रुष्ट छन् ।

प्रदर्शनरत फिल्म ‘आरआरआर’बाट साउथ फिल्म इन्डस्ट्रीमा पाइला राखेकी आलिया फिल्म हेरेपछि निर्देशक एसएस राजामौलीसँग रुष्ट बनेकी हुन् । फिल्मको फाइनल सम्पादनमा आफ्नो सिन काटिएपछि उनले इन्स्टाग्रामबाट फिल्मसँग जोडिएका प्रायः सबै पोस्ट हटाएकी छन् । शुक्रवारबाट संसारभर प्रदर्शनमा आएको फिल्मले हिन्दी भर्सनमा मात्र सय करोड नजिकको व्यापार गरिसकेको छ । २०२१ को मार्च २६ मा अभिनेता रामचरण रामको अवतारमा प्रस्तुत भएको पोस्टरपछि उनले इन्स्टामा अपलोड गरेका फिल्मका सबै पोस्टहरु डिलिट गरेकी छन् । फिल्म रिलिजको संघारमा हुँदा उनले ‘आरआरआर’को प्रमोट गर्न विभिन्न पोस्ट गरेकी थिइन् । फिल्ममा आलियाको सिन काटिएको विषयमा भने राजामौलीले केही बोलेका छैनन् । फिल्ममा आलिया सीताको भूमिकामा छिन् । राजामौलीले आलियाको स्टारडमको हिसाबमा रोल दिन नसकेको टिप्पणी पनि भइरहेको छ । फिल्ममा आलियाको चरित्र र अभिनय उत्ति साह्रो प्रभावशाली छैन । त्यसमाथि सिन पनि काटिएपछि आलिया निर्देशक राजामौलीसँग असन्तुष्ट देखिएका छन् ।

फिल्ममा जूनियर एनटीआर, रामचरण, अजय देवगन, श्रिया सरन अलिविया मोरिस, रे स्टीवेन्सन, एलिसन डूडीको पनि अभिनय छ । हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज भएको फिल्मको कथा केवी विजयेन्द्र प्रसादले लेखेका हुन् । राजामौली, उनका छोरा हुन् । फिल्मको कथा तेलुगु फ्रिडम फाइटर अल्लूरी सीताराम राजु र कोमाराम भीममाथि आधारित रहेकाे छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board