देशका विभिन्न भेगमा हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौं , १५ चैत । देशको अधिकांश भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ ।


प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित–चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।


प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित–चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति