कहीँ एक्लै लड्छौं, कुनै ठाउँमा तालमेल गर्छौं : विश्वप्रकाश शर्मा

काठमाडौं, चैत्र १५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताएका छन् ।जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यहरु विभाजित भइरहेको बेला महामन्त्री शर्मा भने, ‘कहीँ एक्लै जित्ने, कहीँ तालमेल रणनीतिक बिषय हो ।’ तालमेल कहाँ आवश्यक छ÷छैन निश्चित गर्न स्थानीय समिति सक्षम रहेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

‘भरतपुरको भावना’ आत्मसात गरेर समाधान पहिल्याउन कांग्रेस प्रष्ट रहेको उनले बताए । चितवनको भरतपुर महानगरपालिकामा यसपटक कांग्रेसले मेयर छोड्न नहुनेमा स्थानीय कार्यकर्ताको जोड छ । कार्यकर्ताको इच्छा अनुसार शर्माले ‘भरतपुरको भावना’ आत्मसाथ गरेर समाधान निकाल्ने जनाएका छन् ।

एक्लाएक्लै लड्ने अवस्था नभए वामगठबन्धन रोक्न सक्नुपर्नेमा उनले जोड दिए । ‘भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ, परिस्थिति बदल्न स्थितिको आँकलन जरुरी हुन्छ’, शर्मा लेख्छन्, ‘कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी होइन । संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न हो ।’कांग्रेसमा चारतहको संसदीय समिति रहेको उल्लेख गर्दै शर्मा भन्छन्, ‘केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान छ । बोर्ड विकेन्द्रीतको अर्थ अधिकार विकेन्द्रीत हो । हामी व्यावहारिक र लोकतान्त्रिक प्रक्रियामा छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति