चितुवाको छालासहित पुल्चोकबाट एकजना पक्राउ

ललितपुर , १४ चैत । प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले वाग्लुङको तमान गाउँपालिका–४ घर भई काठमाडौं सामाखुसी गणेशस्थान बस्दै आएका २७ वर्षीय नर बहादुर गौतमलाई पक्राउ गरेको छ । उनको साथबाट चितुवाको ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला बरामद गरेको छ ।ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा.२ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरले बोराभित्र प्लाष्टिकले बेरी राखेको अवस्थामा चितुवाको छाला फेला परेको प्रहरीको बताएको छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति