चीनको संघाईमा कोरोना बढेसँगै लकडाउन

चीन, १४ चैत्र । चीनको संघाई सहरमा कोभिड–१९ को संक्रमण फैलिएलगत्तै सहरव्यापी लडाउन गरिएको छ । पछिल्लो एक महिनायता कोरोनाको नयाँ लहर फैलिएसँगै सांघाईमा लकडाउनको घोषणा गरिएको हो ।

चीनले घोषणा गरेको लकडाउन अनुसार ९ दिनमा सांघाईमा दुई चरणमा लकडाउन गरिनेछ । पहिलो चरण अनुरुप संघाईको पूर्वी भागमा सोमबारदेखि अप्रिल १ सम्म लकडाउन जारी रहनेछ भने दोस्रो चरण अनुरुप अप्रिल १ देखि ५ सम्म पश्चिमी भागमा लकडाउन हुनेछ। उक्त अवधिमा सबै मानिसको कोरोना परीक्षण गरिनेछ। लकडाउनभरी सार्वजनिक यातायात बन्द हुनेछ भने कम्पनी तथा कारखानाले पनि आफ्नो कार्य बन्द गर्ने वा भौतिक उपस्थिति विना नै सञ्चालन गर्नुपर्ने हुन्छ। सांघाईमा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित थपिन थालेका छन् । कोरोना संक्रमित संख्या बढेसँगै संघाईका अधिकारीहरुले आफ्नो रणनीति पनि परिवर्तन गर्ने निर्णय गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति