तालमेलबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । स्थानीय चुनावमा तालमेलका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ ।

शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापति र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् । शुक्रबार २७ र आइतबार ५४ केन्द्रीय सदस्यले बोलेका छन् ।

आज बाँकी रहेका केन्द्रीय सदस्यले बोल्नेछन् । आज केन्द्रीय सदस्यले बोल्ने क्रम सकिने र स्थानीय चुनावका विषयमा निर्णय हुने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

अहिलेसम्म बोल्ने अधिकांश केन्द्रीय सदस्यले तालमेल गरेरै चुनावमा जानुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

केही केन्द्रीय सदस्यले कांग्रेस एक्लैले चुनावमा जानुपर्ने पनि मत राखेका छन् । तर, धेरै जसो केन्द्रीय सदस्यले गठबन्धन गरेर स्थानीय चुनाव लड्नुपर्ने धारणा राखेको प्रवक्ता डा। महतले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति