एमाले स्थायी कमिटी बैठकः आयोग एमालेविरुद्ध सत्ता गठबन्धन सहयाेगी भएको ओलीको आशंका

काठमाडौ, १३ चैत । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका कतिपय क्रियाकलाप आशंका पूर्ण र सत्तापक्ष सहयाेगी ढंगले अघि बढेको आरोप लगाएका छन् ।

स्थायी कमिटीको आइतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयन दुई दिन गर्ने, एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई एमालेले सामान्य रूपमा नलिएको समेत बताए । ओलीले भने– हामी निर्वाचन आयोगबाट विगतदेखि नै पीडित छौँ । मतपत्र च्यातेर हामीलाई हराउँदा पनि हाम्रो विरुद्ध फैसला आएका छन् । राष्ट्रियसभा निर्वाचनको मत परिणाम रोकेर हाम्रो सरकार गठनमा अवरोध सिर्जना गरिएका छ । अहिले मतपत्रको रङ बदल्न एमालेविरुद्ध निर्वाचन आयोगले सेटिङयुक्त काम गरिरहेको छ । दलहरूसँग छलफल नगरी यस्तो निर्णय गर्नै मिल्दैन । तर निर्वाचन आयोग अटेर ढंगले अघि बढेकोले हामीले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने ठाउँ देखिएको छ । ओलीले आयोगको भूमिका एमालेकोविरुद्ध सत्ता गठबन्धनको सहयोगीका रूपमा देखिएको भन्दै यसले निष्पक्ष निर्वाचनमा आशंका पैदा भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति