ओलीले बालुवाटारको बंकरमा बसेर राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य छलफल गर्थे : माधव नेपाल

काठमाडौं, १३ चैत्र । काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोग्य वार्ता गरेको आरोप लगाएका छन् ।

बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको उनले आरोप लगाए ।

पार्टी निकट पत्रकारहरुलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘बालुवाटारमा घर बनाए । त्यहाँ बंकर पनि बनाइएको छ । बंकर किन बनाएका होलान् ? किनभने तपाईंले सुन्नुभयो नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुरा भयो । भनेपछि उनको दिमागमा बंगलादेश चलिरहेको थियो ।’

तत्कालीन प्रधानन्यायाधीश जबरासँग भेटेर स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भनेर गृहकार्य गरेको नेपालले बताए । त्यसको सूचना सरकारी संयन्त्रमार्फत् आफूले पाएको उनले बताए ।

उनले एमाले अध्यक्ष ओलीले गरेका गलत कामको सूची बनाएर सार्वजनिक गर्न उनले पार्टी निकट पत्रकारहरुलाई निर्देशनसमेत दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति