चिनियाँ विदेशमन्त्रीले गरे पोखरा विमानस्थल हस्तान्तरण

पोखरा,१२ चैत। चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नेछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति