लगातार विकेट गुमाएपछि नेपाल दबाबमा

काठमाडौं, ११ चैत । पीएनजीले दिएकाे २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएपछि दबाबमा परेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा नेपालले दुवै ओपनर कुशल भुर्तेल र अनिल शाहलाई गुमाइसकेको छ भने डेब्युटान्ट देव खनाल पनि आउट भए । कुशलले २८ बलमा ३२ रन बनाए । यस्तै चार वर्षपछि राष्ट्रिय टिममा फर्केका अनिल ६ रन बनाएर आउट भए । यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका देव खाता नखोली आउट भए । पीएनजीका नर्मन भानुअले २ तथा नोसिना पोकनाले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेट गुमाएर २९२ रन बनाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति