आज फलोअपका लागि वर्षमान पुन चीन जाँदै

काठमाडौं, ११ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि फेरि चीन जाने भएका छन्। यसअघि उनले चीनमै उपचार गराएका थिए। वर्षमान फलोअप उपचारका लागि आज चीन जान लागेका हुन्।सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत् वर्षमान आज चीन जान लागेका छन्।वर्षमानसँगै उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती र डाक्टर रोशन पोखरेल पनि चीन जान लागेका हुन्।

उनीहरू शुक्रबार बिहान ९ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ।पुस्तैनी जण्डिसका कारण पीडित वर्षमानले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए।जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि वर्षमानलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो। दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि वर्षमानलाई मंसिर १० मा चीनबाट विशेषज्ञ चिकित्सक सहितको टोली आएर सेनजेन लगेको थियो।स्वास्थ्य लाभ गरी वर्षमान माघ १० मा स्वदेश फर्किएका थिए।

स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको वर्षमानकी पत्नी ओनसरीले बताइन्।स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने भए पनि वर्षमानको शरीरमा उक्त मात्रा अत्याधिक छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति