काठमाडाै, १० चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको बैठकमा उठेका प्रश्नको जवाफ दिन लागेका छन् ।
६ दिन अघि कपिलवस्तुमा सुरु भएको नेकपाको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणको महासचिव विप्लवले बिहीबार जवाफ दिने भएका हुन् । विप्लवले जवाफ दिएपछि उनको राजनीतिक प्रतिवेदनलाई पारित गरेर बैठक आज नै सक्ने तयारी भइरहेको छ । महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनु पर्ने उल्लेख गरेका छन् । तर बैठकमा केन्द्रीय सदस्यहरुले त्यसको विरोध जनाएका थिए । निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेमा नेकपा दुई धारमा विभाजन भएपछि बैठक लम्बिएको थियो । बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको सहभागिता रहेको छ ।
प्रतिक्रिया