बैठकमा ओलीले गरे एमाले विजयका आधारहरू प्रस्तुत

काठमाडौँ, ९ चैत्र । स्थानीय तहको आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले जित हासिल गर्न सक्ने आधारहरू प्रस्तुत गरेका छन् ।

आज देखि सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले एमालेको विजयका मुख्य आधारहरू प्रस्तुत गरेका हुन् । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि सीके राउत र नेत्रविक्रम चन्दसँगको सहमतिलाई ओलीले एमालेको विजयको आधार बनाएका छन् । अध्यक्षले ओलीले आगामी चुनावमा एक्लैले विजय हासिल गर्ने र आवश्यक भए स्थानीय तहमा अन्य दलसँग तालमेल गर्न सकिने पनि राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यस्ता छन् ओलीले उल्लेख गरेका विजयका आधारः
१. पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा
२. राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान
३. केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन
४. स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका स्थानीय स्वायत्त शासनको अवधारणा ९ २०५४० र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका, राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान
५. नेपालको संविधान निर्माणका क्रममा तीन तहको सङ्घीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद
६. नेकपा (एमाले) नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदान
७. प्रत्येक पालिकामा आधारभूत अस्पताल प्रशासनिक भवन, प्रत्येक पालकान्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक लगायत कार्यक्रम
८. तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई(मधेस समृद्धि कार्यक्रममार्फत् गरिएको लगानी एवं सुनकोशी मरिन र भेरी बबई डाइभर्सन जस्ता रूपान्तरणकारी योजनाको थालनी
९. एक घर एक धारा खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरू, सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाइएको असंवैधानिक प्रयाशलाई निष्फल पार्न पार्टीको भूमिका
१०. पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धि र महत्त्वपूर्ण काम
११. भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर(जनकपुर( कुर्था, पूर्व(पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दूरगामी महत्वका रणनीतिक योजनाहरूको थालनी
१२. सङ्घीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरू । मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि नयाँ कानुनहरूको निर्माण ।
१३. नेकपा ९एमाले० नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास । स्वास्थ्य बीमा योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण कामहरूको थालनी ।
१४. महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिका
१५. भूकम्पपछिको पुनर्निर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता
१६. सीके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाकोशान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानमा ठूलो सफलता, आदि ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति