काठमाडाै, ९ चैत । सानिमा बैंक लिमिटेडले आज सिराहाको मिर्चैयामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे । समुद्घाटन् समारोहमा मह-जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैँकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैँकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् । सानिमा बैँकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया