देशभरका यातायात कार्यालयहरूमा आज बेलुका ५ बजेदेखि सेवा बन्द

काठमाण्डौ, ९ चैत । देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा आज बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आज कार्यालय समयपछि सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने जानकारी गराएको हो । यातायात कार्यालयबाट प्रदान हुने सवारी दर्ता, नामसारी, नवीकरण, कर भुक्तानी, प्रिन्ट भएको लाइसेन्स बुझ्ने लगायतका सबै सेवा बन्द हुनेछन् । विभागले यसअघि नै लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति