काठमाडौँ, ९ चैत्र । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव तयारी बारे बाेल्दै निर्वाचनलाई जनादेश र परमादेशबीचको जनमतसंग्रहको संज्ञा दिए ।
यही बैशाखमा हुन गइरहेकाे चुनावमा जसरी पनि जित्नै पर्ने भन्दै पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका उनले एमालेको स्थानीय चुनाव सम्बन्धी रणनीति बनाउने बताए । बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले यो चुनाव सहज नभइरहेको उल्लेख गरेका छन् । ‘यो निर्वाचन सामान्य, नियमति र सहज अवस्थामा हुँदैछैन । यो त जनादेश र परमादेशबीचको जनमत संग्रहको रूपमा हुँदैछ’ ओलीको प्रतिवेदनमा उल्लेख छ,‘राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरूका बीचमा हुँदैछ । राजनीतिक स्थायित्व पक्षधर र अस्थिरताका संवाहकरूबीच हुँदैछ ।
प्रतिक्रिया